दफा ३३
सुधारात्मक कार्यक्रम सञ्चालन गर्नु पर्ने
(१) कैद सजाय भोगिरहेको कैदीको आचरण सुधार गर्नलाई कारागारले सीप, शिक्षा तथा रोजगारमूलक, नैतिक, अनुशासनात्मक, भौतिक, आध्यात्मिक, योग तथा व्यायाम शिक्षा लगायतका सुधारात्मक कार्यक्रम तथा उपायहरु सञ्चालन गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम सञ्चालन गरिएको कार्यक्रम तथा उपायबाट कैदीको आचरणमा सारभूत सुधार आए नआएको सम्बन्धमा कारागारले प्रत्येक छ महिनामा प्रोवेशन तथा प्यारोल बोर्डमा प्रतिवेदन पेश गर्नु पर्नेछ ।

(३) सुधारात्मक कार्यक्रम सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।